काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चुनाव लड्ने तयारीमा लागेका छन् । उनी माओवादी केन्द्रका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका हुन् । यो क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनाव लड्ने तयारी गरेको क्षेत्र हो।
घिसिङको गृह जिल्ला रामेछाप भए पनि उनी अहिले काठमाडौं महांकाल पानी ट्यांकी छेउमा बस्दै आएका छन् । उनको मतदाता नामावलीसमेत काठमाडौं ३ बाट नै रहेको छ ।
उनलाई निर्वाचन लडाउने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरिसकेका छन् । घिसिङले पनि प्रचण्डको प्रस्तावमा सकारात्मक जवाफ दिएका छन् ।
घिसिङले निर्वाचन लड्ने प्रचण्डको प्रस्तावमा निर्वाचन जितेर आए आफूलाई सरकारमा सहभागी गराई उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मा दिनु पर्ने र त्यस्तो जिम्मेवारी पाएमा आफूले उर्जाको क्षेत्रमा धेरै काम गर्न सक्ने प्रस्ताव प्रचण्डसँग गरेका ती पदाधिकारीले बताए । प्रचण्डले यसमा घिसिङलाई सकारात्मक जवाफ दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।