काठमाडौं– मंगलबार सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ती गरेको समचार सामाजिक सञ्जालमा आगो झैं फैलियो।
तर, विद्युत प्राधिकरणको कार्यकारी निर्देशन नियुक्तीका लागि उर्जा मन्त्रालयले क्याविनेटमा कुनै प्रस्ताव नै लगेको थिएन। तर, कुलमानकै नामको ट्वीटर ह्यान्डलबाट आफुलाई नियुक्ती गरिएको हौवा फिजाइयो।
कुलमानको नियुक्तीको समचार आगो झैं फैलिएपछि उनले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।
बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्को आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।
मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनेका थिए।यसैलाई आधार बनाएर कतिपय मूलधारका सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।