काठमाडौं- भदौमा अर्थमन्त्री युवराज खतिवडा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिदैछ ।
अधिकांस नागरिकले प्राधिकरणमा घिसिङ नै दोहरिन सहमती जनाए पनि अर्थमन्त्रीबारे भने सहमत छैनन् । सांसद मनोनीत भएनन् भने खतिवडाको अर्थमन्त्री पद भदौ २० गतेसम्मका लागि मात्रै हो ।
त्यस्तै पुनः नियुक्ति भएनन् भने घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । यसबीच ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङ नै नेपाल विद्युत प्राधिकरणमा दोहोरिने जानकारी दिएका छन् ।
आफूलाई भेट्न आएका विद्युतसँग सरोकार राख्ने विज्ञहरूसँग मन्त्री पुनले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उनलाई दोश्रो कार्यकालका लागि नियुक्ति गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने मन्त्री पुनले बताए।
त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उनी दोश्रो कार्यकालका लागि नियुक्त हुने पुनले बताए। स्रोतका अनुसार मन्त्री पुनले घिसिङलाई पुनः नियुक्ति दिने विषयमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरिसकेका छन् ।
घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ हटाउन विद्युत वितरणलाई निकै चुस्त र प्रभावकारी ढंगले काम गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।