सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

३२८ स्थानीय तहका कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई देउवाले दिने भए प्रशिक्षण

३२८ स्थानीय तहका कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई देउवाले दिने भए प्रशिक्षण

  • मिडिया डबली
  • मंगलवार, श्रावण २४ २०७९

  • 5.7K
    SHARES

  • ३२८ स्थानीय तहका कांग्रेसबाट निर्वाचित प्रमुख र उपप्रमुखलाई देउवाले दिने भए प्रशिक्षण

    काठमाडौं - आगामी ३० र ३१ साउनमा स्थानीय तहका जनप्रतिनिधिका लागि राखिएको शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

    images
    images
    images

    ‘ललितपुरमा हुने दुई दिने बधाई शुभकामना तथा अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जसअनुसार अभिमुखीकरण कार्यक्रममा सहभागी हुन चाहने जनप्रतिनिधिले २९ साउन बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा नाम दर्ता गर्नसमेत आग्रह गरिएको छ ।

    कांग्रेसको सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर स्थानीय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend