सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

लोडसेडिङ हटाएर हिरो बनेका कुलमान जिरो बन्ने बाटोमा, यस्तो घिनलाग्दो काम गर्न लागेपछि चौतर्फी आलोचना !

लोडसेडिङ हटाएर हिरो बनेका कुलमान जिरो बन्ने बाटोमा, यस्तो घिनलाग्दो काम गर्न लागेपछि चौतर्फी आलोचना !

  • मिडिया डबली
  • बुधवार, श्रावण १८ २०७९

  • 6.9K
    SHARES

  • लोडसेडिङ हटाएर हिरो बनेका कुलमान जिरो बन्ने बाटोमा, यस्तो घिनलाग्दो काम गर्न लागेपछि चौतर्फी आलोचना !

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारीहरुलाई एक महिनाको तलव बराबर ‘वार्षिक उत्सव भत्ता’ दिन गृहकार्य थालेको छ ।

    गत आर्थिक वर्षमा १८ अर्बभन्दा बढी नाफा कमाउने हिसाव निकालेपछि प्राधिकरणले ‘वार्षिक उत्सव भत्ता’का नाममा घुमाउरो तरिकाले ‘बोनस’ दिने तयारी गरेको हो । त्यसका लागि प्राधिकरणको बोर्ड बैठकमा प्रस्ताव पेश गर्ने गृहकार्य गरेको हो ।

    सरकारको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ अनुसार कुनै पनि सार्वजनिक संस्थानले महामारीका फ्रन्टलाइनरबाहेक कसैलाई प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेवापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता, खाजाखाना लगायत कुनै प्रकारका भत्ता दिन पाइँदैन ।

    मुलुकमा आर्थिक समस्या देखिएकाले सरकारले चालु खर्च घटाउने नीति लिएको छ । यस्तो अवस्थामा प्राधिकरण भत्ताका रुपमा बोनस बाँड्न अग्रसर भएको हो ।

    यो त्यही वर्षको लागि प्रस्तावित भत्ता हो, जुन वर्ष प्राधिकरणले उद्योगहरुमा केही समय ‘फोर्स लोडसेडिङ’ गर्नुपरेको थियो । गत हिउँदमा भारतबाट बिजुली किनेर ल्याउन नपाएपछि धेरै उद्योगले अघोषित लोडसेडिङ भोग्नुपरेको थियो ।

    नेपाल विद्युत् प्राधिकरण, आधिकारिक ट्रेड युनियनका निर्वतमान अध्यक्ष तथा प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेल यो वर्ष बोनस समेत दिन माग गरेको बताउँछन् ।

    त्यसका लागि प्राधिकरणको व्यवस्थापन टिम र सञ्चालक समितिका सदस्यहरुलाई लबिइङ गरिरहेको उनले बताए । उनका अनुसार करिब १२ वर्षअघि प्राधिकरण कर्मचारीले सामान्य दरको बोनस बुझेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १८ २०७९१०:२०:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend