सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

अर्का कम्युनिस्ट पत्रकारको घिनलाग्दो हर्कत बाहिरियो, लेखकले लगाइन यौन दुव्र्यवहारको आरोप 

अर्का कम्युनिस्ट पत्रकारको घिनलाग्दो हर्कत बाहिरियो, लेखकले लगाइन यौन दुव्र्यवहारको आरोप 

  • मिडिया डबली
  • शनिवार, आषाढ २५ २०७९

  • 5.7K
    SHARES

  • अर्का कम्युनिस्ट पत्रकारको घिनलाग्दो हर्कत बाहिरियो, लेखकले लगाइन यौन दुव्र्यवहारको आरोप 

    काठमाडौं । लेखक तथा पत्रकार  संगीत श्रोता माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको एक लेखकले शनिबार साँझ फेसबुक लाइभमार्फत बताएकी हुन् ।

    पीडित लेखकका अनुसार उनी पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेकी थिइन् । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र विहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले भनेकी छन्, ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ ।’


    साँझ फेरि कोठामा आएपछि पुस्तकको काम गरेको उनले सुनाइन् । काम सकेर एक छिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएर चुरा किन लगाउनु हुन्छ भनेर सोधेको उनले सुनाइन् ।

    ‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो । मैले आफ्नो हात आफूतिर ताने र, भाइ तपाईं सुत्न जानुस् भनेँ,’ उनले भनिन्, यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भने महसुस भयो । म कमजोर भयो भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो ।’

    त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्‍याउँदा नपुर्‍याउँदै संगीतले च्याप्प समातेर गालामा किस गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यो अप्रत्यासित थियो । तिमी र म त दिदी भाइ हो नि भाइ मात्र भन्न सकेँ ।’

    यो घटनापछि आफूले संगीतलाई धकलेर चुकुल लगाएको र मुश्किलले रात कटाएर भोलिपल्ट घर फर्किएको उनले सुनाइन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २५ २०७९१०:१८:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend