सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

समाजसेवामा सँधै चौधरी ग्रुप, यस्तो छ फेरिहस्त  

समाजसेवामा सँधै चौधरी ग्रुप, यस्तो छ फेरिहस्त  

  • मिडिया डबली
  • बुधवार, आषाढ २२ २०७९

  • 4.6K
    SHARES

  • समाजसेवामा सँधै चौधरी ग्रुप, यस्तो छ फेरिहस्त  

    काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले उच्च शुसासनमा विश्वास राख्ने र सोही कारण अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त फोब्र्समा सुचिकृत भएको बताएका छन् । ‘यस्तो सम्मान पैसा र फोहोरी खुराफतबाट प्राप्त गर्न सम्भव हुँदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ । पारदर्शीता र समाजप्रतिको उत्तरदायि व्यवहार यसका मुख्य कडी हुन्,’ चौधरीले भनेका छन् । 

    नेपालको एक मात्र बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप सामाजिक उत्तरदायित्वका कामका कारण विश्वमा चर्चित बनेको छ । २०७२ सालको भूकम्प प्रभावितहरुका लागि चौधरी फाउण्डेसनमार्फत गरेका कामको सम्मानमा फोब्र्स म्यागेजिनले ग्रुपका अध्यक्ष विनोद चौधरीको कभर स्टोरी बनाएको थियो । कभरपेजमा चौधरीलाई समाज सेवाका नायक भनी वर्णन गरिएको थियो । फाउण्डेसनले भूकम्प प्रभावित २५ सय परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरि भूकम्प पिडितहरुलाई हस्तान्तरण गरेको थियो ।

    साथै, भूकम्पले अति प्रभावित भएको सिन्धुपाल्चोको गिरानचौरमा मोडल भिलेज निर्माण गरि हस्तान्तरण गरेको छ । भूकम्पमा परि घर भत्किएका सिन्धुपाल्चोकका ६२ परिवार अहिले सुन्दर घरमा बस्न पाएका छन् ।  कोरोनाले जनता प्रताडित भएको बेलामा चौधरी फाउण्डेसनले वीर अस्पतालमा अत्याधुनिक आईसियु वार्ड स्थापना  गरेको थियो । यसको अलवा देशभरि अक्सिजन कन्सन्ट्रेटरको अभावमा विरामीहरुको ज्यान गइरहेका बेला सातै प्रदेशका विभिन्न अस्पतालमा चौधरी फाउण्डेसनले एक सयभन्दा बढि अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको थियो । 

    binod.jpg

    फाउण्डेसनले इलाम, भोजपुर, गौर, कलैया, धादिङ, मेलम्ची, पर्वत, दुम्कौली, बर्दघाट, गुल्मी, दैलेख, डोल्पा, बेलौरी, श्रीकोटलगायतका स्थानका सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो । देशका विकट ठाउँहरुसम्मका अस्पतालमा वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य उपकरणहरुले कोरोना विरुद्ध लडिरहेका नागरिकको जीवनमा ‘मरुभुमिको पानी’ बनेर सेवा गरिरहे ।

    अस्पताललाई प्रत्यक्ष स्वास्थ्य उपकरण उपलब्ध गराउनमा मात्र फाउण्डेसन रोकिएन । तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले तत्कालिन समयमा अत्यावश्यक रहेको भेण्टिलेटर हस्तान्तरण गरेको थियो । देशभरिमै अत्यन्त कम संख्यामा मात्र भेन्टिलेटर रहेको समयमा पनि फाउण्डेसनले एकै पटक आठवटा भेन्टिलेटर सहयोग गरेको थियो ।  

    चौधरी फाउण्डेसनले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटरलगायतका स्वास्थ्य सामाग्रीमात्र होइन, अस्पताल विशेषका आवश्यकता र माग अनुसारका अन्य महत्वपूर्ण स्वास्थ्य पुर्वाधारहरु पनि निर्माण गरेको थियो । अक्सिजनको चरम अभाव भोगीरहेको समयमा फाउण्डेसनले विरेन्द्रनगर र धनगढीका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नै स्थापना गरेको थियो । यसरी स्थापना गरिएका अक्सिजन प्लान्टबाट त्यहाँ हजारौं नागरिकले सुविधा प्राप्त गरेका थिए । नागरिक अक्सिजनको अभावमा तड्पिरहेको बेला फाउण्डेसनको सहयोगले धेरैको जीवनमा आएको खतरा टारेको थियो ।

    कोरोनालगायतका महामारीका बेला मात्र होइन, चौधरी फाउण्डेसनले नागरिकको स्वास्थ्यमा सहयोग पु¥याउन नियमित रुपमा काम गरिरहेको छ । हालैमात्र देशको सबैभन्दा ठूलो र पुरानो बाल अस्पतालमा आकस्मिक कक्ष निर्माण गरेको छ । कान्ति बाल अस्पतालले निकै दुःखसँग जसोतसो १२ शैयामा आकस्मिक कक्ष चलाइरहेको थियो ।

    देशभरका सर्वसाधरण जनताका सन्तानले उपचारकालागि धाउने अस्पतालको आकस्मिक कक्षमा व्यापक सुधार गरेको छ, फाउण्डेसनले । १२ शैयामा सिमित कक्षलाई २५ शैयामा विस्तार गरिएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । 

    फाउण्डेसनले इमरजेन्सी वार्डलाई निशुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २२ २०७९०९:१४:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend