आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिसीटिभी फुटेज मेटाउने अर्थमन्त्रीमाथि खनिए गगन, घोक्राएर निकाल्नुपर्ने माग!

सिसीटिभी फुटेज मेटाउने अर्थमन्त्रीमाथि खनिए गगन, घोक्राएर निकाल्नुपर्ने माग!

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 7.3K
    SHARES

  • सिसीटिभी फुटेज मेटाउने अर्थमन्त्रीमाथि खनिए गगन, घोक्राएर निकाल्नुपर्ने माग!

    काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। 

    अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्‍नहरु उठेकोले राजीनामा दिनुपर्ने उनले बताए। उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताएका छन्। 

    उनले यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्‍ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताएका छन्। उनले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ। कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ। र तत्काल छानबिन गर्नुपर्छ।’

    नेपालको कानुन अनुसार पनि कम्तिमा तीन महिनाको सीसीटिभी फुटेज सुरक्षित राख्‍नुपर्ने भने उल्लेख गर्दै थपे, ‘करको दर भनेको चाहीँ सामान्य कुरा होइन। कसैले सामान्य मानविय त्रुटी भयो भनेर यसबाट छुट पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन। यस्तो गर्‍यौँ भने एउटा नजिर बस्छ। र जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ।’

    उनले अर्थमन्त्रीले राजीनामा दिनु उनको हितमा भएको पनि बताएका छन्। उनले भने, ‘आफैं राजीनामा दिने वा प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने। छानबिन गरेपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषि होइन भने कम्तिमा देशलाई, जनतालाई थाहा भयो । यो होइन रहेछ भन्‍ने कुरा थाहा भयो।’

    महामन्त्री थापाले अर्थमन्त्रालयको सिसिटिभि फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्‍न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend