सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

अर्थमन्त्री शर्माले गरे यति ठूलो घात, देशैभर खैलाबैला 

अर्थमन्त्री शर्माले गरे यति ठूलो घात, देशैभर खैलाबैला 

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 3.5K
    SHARES

  • अर्थमन्त्री शर्माले गरे यति ठूलो घात, देशैभर खैलाबैला 

    काठमाडौं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज डिलिट भएको दाबी गरेको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले माग गरेको सूचनामा प्रत्युत्तर पठाउँदै मन्त्रालयले यस्तो दाबी गरेको हो। 

    मन्त्रालयको सीसीटीभी फुटेज बढीमा १३ दिनसम्मको अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी गरिएको छ। बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको मन्त्रालयको जिकिर छ। 

    अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ। अर्थमन्त्रीले असम्बन्धित व्यक्तिलाई करका दर निर्धारणमा स्थान दिएको विषयमा नेकपा एमालेले संसदमा विरोध गरिरहेको छ। 

    उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिनाले भने मन्त्रालयले सूचना दिन इन्कार गरेकाले अब कानुनी बाटो समात्ने बताएका छन्। 

    तर सरकारले २०७२ सालमै लागू गरेको सीसीटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधिमा कम्तीमा ३ महिना सुरक्षित राख्नुपर्ने उल्लेख छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १९ २०७९०८:३२:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend