आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

देउवालाई लाग्यो चुनाव, फेरी पहिलो दल बनाउने योजना बुनेपछि कम्युनिस्टहरुको सातो उड्यो 

देउवालाई लाग्यो चुनाव, फेरी पहिलो दल बनाउने योजना बुनेपछि कम्युनिस्टहरुको सातो उड्यो 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 10.7K
    SHARES

  • देउवालाई लाग्यो चुनाव, फेरी पहिलो दल बनाउने योजना बुनेपछि कम्युनिस्टहरुको सातो उड्यो 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामबाट उत्साहित छन् । पाँचदलीय गठबन्धन गरेर भएपनि कांग्रेसलाई पहिलो पार्टी बनाएपछि देउवाको ध्यान अब संसदीय निर्वाचनतर्फ केन्द्रित छ ।

    सत्तारुढ गठबन्धनमा कुनै राजनीतिक संकट आउनुभन्दा पहिले नै संसदीय निर्वाचनका लागि बलियो आधार तयार पार्न देउवा चाहन्छन् । यहीकारण जतिसक्दा चाँडो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति तोक्न देउवाले हतारो गरिरहेका छन् ।

    स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनमा केही राजनीतिक अप्ठ्याराहरू देखापरेका छन् । कांग्रेससँगको तालमेलबाट सोचेजति लाभ नभएको निष्कर्षमा रहेका गठबन्धनका घटकहरूलाई आफूसँगै राख्नुपर्ने चुनौती प्रधानमन्त्री देउवासामु छ । गठबन्धनका सबैजसो दलभित्र जारी आन्तरिक विवादका कारण आफू नेतृत्वको सरकारमा समस्या नआओस् भनेर देउवा सचेत छन् । यहीकारण ३ सातादेखि नेकपा एसका मन्त्रीहरू हेरफेरको सिफारिस कार्यान्वयन गरेका छैनन् ।

    सरकारका एक मन्त्री पनि प्रधानमन्त्रीको प्रस्तुति र निर्देशन चुनावलक्षित भइसकेको बताउँछन् । प्रधानमन्त्री देउवाले निकटस्थहरूसँग आफू जतिसक्दो चाँडो निर्वाचन होस् भन्ने पक्षमा रहेको बताउँछन् । वामगठबन्धन ब्युँतने खतरा यथावत रहेको भन्दै उनी चुनावसम्मै आफ्नो सरकार, गठबन्धन र तालमेल जोगाउन चाहन्छन् । गठबन्धनका शीर्ष नेताहरूको बैठकमै प्रधानमन्त्री देउवाले संसदबाट गराउनुपर्ने काम जतिसक्दो चाडो सकेर चुनावकेन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । मधेशमा राजनीतिक एजेण्डा बनेको नागरिकता विधयेक संसदबाट पारित गराउन प्रधानमन्त्रीको पहल चुनावी तयारीकै रणनीति हो ।

    सत्तारुढ गठबन्धनका अन्य घटकहरू भने आन्तरिक विषय मिलाएर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा छन् । निर्वाचनको मिति तोकेपछि प्रतिनिधिसभाको कार्यकाल कायमै रहने वा सकिने भन्नेमा कानूनी प्रष्टता हुनै बाँकी छ । प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल निर्वाचन भएको मितिलाई आधार मान्ने वा शपथ ग्रहणको मितिलाई मान्ने भन्नेमा पनि विवाद छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend