सुर्खेत - निर्वाचनको मौन अवधि सुरु भएपछि एमाले र माओवादी केन्द्रका उम्मेदवार मतदाता खरिद गर्ने अभियानमा सक्रिय भएको पाइएको छ ।
बुधबार दिउँसो मात्रै सिराहामा नमुना मतपत्रभित्र पैसा राखेर मतदातालाई दिइरहेको अवस्थमा माओवादीका वडाध्यक्षका उम्मेदवार पक्राउ परेका थिए ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा बुधबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बुधबार राति वडाको एक बस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचनापछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरीले खानतलासी गर्दा विसीको साथबाट एक लाख १ हजार रुपैयाँ झोलामा राखेको अवस्थामा फेला पारेको जनाएको छ। नियन्त्रणमा लिएर गुर्भाकोटमै रहेको इलाका प्रहरी कार्यालयमा राखी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अहिले एमाले, माओवादीलगायतका दलका उम्मेदवारको टार्गेट सुकुम्बासी र विपन्न वर्गका मतदाता रहेका छन् । त्यसैले उनीहरू तिनलाई टार्गेट बनाएर मत किन्न लागेको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।