आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नारायणी नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल

नारायणी नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल

  • मिडिया डबली
  • सोमवार, चैत्र ७ २०७८

  • 3.7K
    SHARES

  • नारायणी नदी किनारमा फोहोरमैला टिप्दै राजेश हमाल

    चितवन - अभिनेता राजेश हमाल केही दिनदेखि चर्चामा छन् । काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेको भन्दै सामाजिक सञ्जालमा उनी चर्चामा आएका हुन् ।

    पछि उनले त्यस विषयमा प्रस्टीकरण नै दिनुपर्ने अवस्था आयो । अहिले तिनै अभिनेता नारायणी नदी सरसफाइ अभियानमा लागेका छन् ।

    सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घन्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे ।

    हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिएका थिए । स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

    केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए । उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्नसमेत आग्रह गरे ।

    झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन गरेका थिए । अवलोकन गर्ने क्रममा गैंडा भेटिएको थियो ।

    नवलपरासी राजेश हमालको बाल्यकाल बितेका जिल्ला हो । उनको नवलपरासीमा प्रशस्त जग्गा जमिन छ । त्यही भएर उनी बेलाबेला नवलपरासी गइरहन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७१२:५१:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend