काठमाडौँ - महानायक राजेश हमालले कोरोनाका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् ।
उनले चलचित्र प्राविधिकहरूलाई ५ लाख सहयोगको घोषणा गरेका छन् । उनले उक्त रकम दैनिक गुजारा चलाउन समस्या भएका सय जना प्राविधिकहरूलाई दिने बताइएको छ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण धेरै मजदुरले काम गुमाएका छन् ।
यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरुले आफुले सकेको सहयोग गरिरहेका छन् । यसअघि पनि अभिनेता तथा मोडल पल शाहले पनि सहयोगको पोको बोकेर कालिकोट पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।