शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसले आज प्रचण्डसँग ‘वार कि पार’ को निर्णय गर्ने

कांग्रेसले आज प्रचण्डसँग ‘वार कि पार’ को निर्णय गर्ने

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ८ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेसले आज प्रचण्डसँग ‘वार कि पार’ को निर्णय गर्ने

    काठमाडौं - सरकारमा बसेर डबल स्ट्यान्डर्ड देखाएपछि नेपाली कांग्रेसले आज माओवादी केन्द्रसँग ‘वार कि पार’ को टुंगो लगाउने भएको छ । त्यसका लागि आज पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

    शुक्रबार कुनै सहमति नजुटेपछि आइतबारका लागि सत्तारुढ गठबन्धनको बैठक राखिएको हो । सरकारमै बसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएपछि कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेताहरू पनि आक्रोशित बनेका छन् ।

    यदि अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध नै गर्ने हो, खारेज नै गर्न चाहेको हो भने प्रचण्डलाई सरकारबाट बाहिरिन छुट छ । तर, सरकारमा पनि बस्ने अनि सडकमा कार्यकर्ता बोलाएर आगो लगाउने चरित्रका कारण प्रचण्ड निकै बदनाम बनेका छन् ।

    केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बन्नेवित्तिकै प्रचण्डले एमसीसीलाई फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन गर्ने पत्र लेखेका थिए । तर, अहिले उनी एकाएक पछि सरेका छन् । चिनियाँ दबाबका कारण प्रचण्डको बोली फेरिएको छ ।

    जाबो ५५ अर्ब रुपैयाँ अनुदानका विषयमा चीन र अमेरिकाबीच शक्ति संघर्ष गराउन खोजेपछि प्रचण्डबारे आज कांग्रेसले फाइनल वार्ता गर्ने भएको छ ।

    यसअघिको गठबन्धन बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रचण्डलाई सरकारबाट छाडे केही फरक नपर्ने चेतावनी दिइसकेका छन् । यतिबेला प्रधानमन्त्री देउवा प्रचण्डभन्दा पनि एमाले छाडेर अर्को पार्टी खोलेका माधवकुमार नेपालको राजनीतिक भविष्यलाई लिएर चिन्तित देखिएका छन् ।

    सभामुखले पत्र लेखेमा नेपालसहित १४ सांसदको पद पनि गुम्ने र सरकार पनि अल्पमतमा पर्ने भएकाले देउवा तनावमा छन् । नत्र उनी संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने निर्णयमा पुगिसकेको बालुवाटार स्रोतले बताएको छ ।

    यदि प्रचण्डले अहिलेकै जस्तो डबल स्ट्यान्डर्ड देखाइरहे आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने बुझिएको छ । प्रचण्डको अहिलेको रणनीति भनेको कांग्रेसले तीनै तहको निर्वाचनमा सहकार्य गरोस् भन्ने नै रहेको सबैले बुझेका छन् ।

    तर, माधव नेपालको पार्टी एकीकृत समाजवादीले एमसीसीबारे सघन छलफल चलाउन सकिने निर्णय गरेपछि प्रचण्ड पनि गल्ने

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend