काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बालुवाटारमा कुराकानी भएको हो ।
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री र राजदूतबीच भेटवार्ता भएको हो ।
अमेरिकाले अब समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न आफूले दुई दिनको समय लिएको लगायतका विषयमा राजदूतसँग कुरा गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।