काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जे जे भन्यो त्यही त्यही मान्दा प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक जीवन फेरि विवादमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संसदबाट दुई तिहाइ बहुमतले पारित नै हुन नसक्ने महाअभियोग प्रस्ताव ल्याउन सहमति दिएर देउवाले अर्को भूल गरेको नेपाली कांग्रेसमा टीकाटिप्पणी हुन थालेको छ ।
यसपटक प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन प्रचण्ड र माधव नेपालको मात्रै ढिपी थियो । जबरा कांग्रेसप्रति सफ्ट विचार राख्थे ।
तर, कम्युनिस्ट नेताको षड्यन्त्र देउवाले बुझ्न सकेनन् । माधव नेपालको पार्टीको भविष्यका लागि देउवाले कांग्रेसलाई समेत महाअभियोगमा मुछेका छन् ।
जसरी अघिल्लोपटक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदबाट दुई तिहाइले पारित हुन नसकेर फेल भएको थियो, जबराविरुद्धको महाअभियोग पनि त्यसरी नै फेल हुने स्पष्ट छ ।
किनभने प्रमुख प्रतिपक्षी दल एमालेले जबरालाई काँध बोक्ने निर्णय गरिसकेको छ । महाअभियोग प्रकरणमा फेरि पनि एमालेले राजनीति गेम जित्ने देखिएको छ ।
कांग्रेसले ठूलो क्षति भोग्ने निश्चित छ । प्रचण्ड र माधव नेपालसँग जनमत छैन । जनमत कि कांग्रेस कि एमालेसँग मात्रै छ । त्यसैले कांग्रेस वा एमालेसँग नमिलेसम्म प्रचण्ड र माधवको राजनीति करियर अघि बढ्दैन ।
त्यसैले दुवै नेताले जानी जानी कांग्रेसलाई महाअभियोगमा फसाएका हुन् । उनीहरूको गुलियोमा देउवा पनि फसेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनअघि पनि प्रचण्डकै योजनामा सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
यसपटक पनि स्थानीय तहको निर्वाचनको मिति तोकेलगत्तै प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु संयोग मात्रै होइन, कांग्रेसलाई सिध्याउने र बदनाम गर्ने कम्युनिस्ट नेताहरूको षड्यन्त्रलाई पार्टी सभापति देउवाले बुझ्न नसक्दा आमकांग्रेसीजन चिन्तामा परेका छन् ।
यदि माधव नेपाललगायत १४ सांसदको पद अदालतले खारेज गरेको भए पनि देउवालाई संसद् विघटन गरेर अर्ली इलेक्सनमा जाने राम्रो मौका थियो । तर, देउवाले प्रचण्ड र माधवको ग्रयान्ड डिजाइन बुझ्न सकेनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।