आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
राजनीतिक बिशेष

देशमै मल कारखाना खोलेमा सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको घोषणाले उद्योगी खुसी

देशमै मल कारखाना खोलेमा सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको घोषणाले उद्योगी खुसी

  • मिडिया डबली
  • बुधवार, माघ १२ २०७८

  • 5.0K
    SHARES

  • देशमै मल कारखाना खोलेमा सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको घोषणाले उद्योगी खुसी

    काठमाडौँ -  प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।

    उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे । नेपालमा मल कारखाना नहुँदा विदेशबाट अर्बौं रुपैयाँको खरिद गर्नुपरिरहेको छ । तर, समयमै आयात नगर्दा किसानले खेती लगाउन मल पाउन सकेका छैनन् ।

    जसकारण कृषि उत्पादनमा ह्रास आइरहेको छ । यिनै तथ्यलाई मध्यनजर गर्दै सरकारले नेपालमै मल कारखाना खोल्ने विषयलाई प्राथमिकता दिएको हो ।

    निजी क्षेत्रले खोलेमा सरकारले खुलेर सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धतापछि उद्योगी व्यवसायी खुसी हुँदै फर्किएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend