काठमाडौं - कोरोना संक्रमणमुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल भएको थियो । देउवा र प्रचण्डको भेटवार्तालगत्तै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाईएको छ ।
देउवा र प्रचण्डबीचको भेटमा स्थानीय तहको निर्वाचनदेखि राष्टियसभाको निर्वाचनको बारेमा छलफल भएको थियो । प्रचण्डको सचिवालयका अनुसार स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले मिति घोषणा गरेको छैन। समन्वय समितिको बैठकमा यही विषयमा छलफल हुने बताइएको छ । समितिको संयोजकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।