धरान - नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले धरान उपमहानगरपालिकामा तिलक राई मेयर भएपछि धेरै राम्रो कार्य भएको बताएका छन् । कम्युनिस्टको गढ मानिने यस क्षेत्रमा तोड्दै राई विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको बताएका हुन्।
धरान उपमहानगर पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा उनले पार्टी एकताको सङ्केत धरानले दिएको बताएका छन्। पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउन लागेको तिनै तहका निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन्। महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोडी दिनुपर्ने देउवाले जानकारी दिएका छन्।
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताएका छन् । अब पनि धरानमा काँग्रेसलाई जिताउन लागिपर्ने उनले बताएका हुन् । उनले अब देशैभरि कांग्रेसले कब्जा गर्ने बताएका छन् ।
पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अटो चढेर अवलोकन गरेका छन् । त्यसपछि धरान उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।