काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत जाने भएका छन् ।
आफ्नो भारत भ्रमणको तयारीका लागि देउवाले आन्तरिक गृहकार्यमा लाग्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दियो । तर, देउवा कहिले भारत भ्रमणमा जाने भन्ने मिति तय भइसकेको छैन ।
अन्तर्राष्ट्रिय जलवायु सम्मेलनका बेला प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणका लागि निम्ता दिएका थिए । नेपाल भ्रमणमा आएको भारत सरकारका प्रतिनिधिले पनि देउवालाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइसकेका छन् ।
पाँचौ पटक प्रधानमन्त्री बनेपछि देउवाको भारत भ्रमण पहिलो हुनेछ। कांग्रेसको १४औं महाधिवेशनपछि झन् शक्तिशाली बनेका देउवा भारत जाँदा सानो टिम लिएर जाने मनस्थितिमा रहेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।