आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images
राजनीतिक बिशेष

प्रमुख तीन दलका नेतृत्व नफेरिने निश्चित, सत्ता गुम्ने भयले तयार पार्दैनन् उत्तराधिकारी

प्रमुख तीन दलका नेतृत्व नफेरिने निश्चित, सत्ता गुम्ने भयले तयार पार्दैनन् उत्तराधिकारी

  • मिडिया डबली
  • बुधवार, मंसिर २९ २०७८

  • 3.3K
    SHARES

  • प्रमुख तीन दलका नेतृत्व नफेरिने निश्चित, सत्ता गुम्ने भयले तयार पार्दैनन् उत्तराधिकारी

    काठमाडौं - नेपाली कांग्रेसका सभापतिमा शेरबहादुर देउवा पुनः दोहोरिएसँगै प्रमुख दलका शीर्ष नेतृत्व पुरानै हुने निश्चित देखिएको छ । यसअघि एमालेमा केपी ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।

    देउवा र ओली नेतृत्वमा यथावत् नै रहनुले अझै पनि नेपाली जनता युवा पुस्ताबाट त्यति धेरै आशावादी नरहेको प्रस्ट हुन्छ । बरु पूर्वपञ्चहरूको पार्टी राप्रपाले नयाँ नेतृत्व छानेर सबैलाई आश्चर्यमा पारिदियो । आगामी पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ ।

    सम्मेलनको तयारीका लागि माओवादीले वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन गरिरहेको छ । माओवादीले गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा नयाँ नेतृत्व छान्न सकेको छैन ।

    आकांक्षी धेरै हुँदा माओवादीमा पनि सकस देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साढे तीन दशकदेखि नेतृत्वमा यथावत् छन् ।

    पुसमा हुने राष्ट्रिय सम्मेलनबाट पनि प्रचण्ड नै दोहोरिने निश्चित छ । किनभने उनले अहिलेसम्म आफ्नो उत्तराधिकारी तयार पार्न सकेका छैनन् । पार्टी नेतृत्व छाड्दा विभिन्न अवसर गुम्ने भयका कारण नेताहरू जसरी पनि पार्टी अध्यक्ष बन्न मरिहत्ते गर्ने गरेका हुन् ।

    नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपाल अध्यक्ष छन् । उनी विगतमा १५ वर्षसम्म एमालेको महासचिव थिए । एकीकृत समाजवादी भर्खर जन्मेकाले त्यसले नयाँ नेतृत्व पाउने आसै छैन ।

    राजपामा उपेन्द्र यादव र लोसपामा महन्थ ठाकुर अध्यक्ष छन् । जो विगत १५ वर्षदेखि नेतृत्वमै रहेका छन् । यसले के देखाउँछ भने पार्टी नेतृत्व पनि एउटा सत्ता हो, त्यो सत्ता गुमाउन नेपाली नेताहरू तयार हुँदैनन् ।

    जबसम्म नेताहरू नेतृत्व छाड्न मानसिक रूपमा तयार हुँदैनन्, तबसम्म नेपालको भविष्य अन्धकारमै रहने निश्चित भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend