शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images

‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक

‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 828
    SHARES

  • ‘नेपाल लाइफ समुन्नत जीवन’ बीमा योजना सार्वजनिक

    काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

    कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना प्रस्तुत गरेको हो ।

    images

    यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ ।

    विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्यतिव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ ।

    साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्कर देखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना ल्याएको हो ।

    यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले’नेपाल लाइफसमुन्नत जीवन’जीवन बीमा योजना यहाँहरुमाझ ल्याएको हो ।

    यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमाअवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनसबीमितका इच्छाइएको व्यक्तिलेभुक्तानिप्राप्त गर्न सक्नु हो ।

    यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ ।

    अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ । यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ ।

    ५० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिकर मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट हुने छैन ।

    बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ । बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ ।

    बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

    यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३किस्ता बीमाशुल्कभुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्यप्राप्तगर्न सकिनेछ ।

    वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्तगर्न सकिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १३ २०७८१२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend