शनिवार, मंसिर १३ २०७७Nov 28 2020

Logo
images
images
images
images

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 483
    SHARES

  • नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

    काठमाण्डौ । नेपालीहरुको घर आँगन भिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।

    हिन्दूहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो ।

    images
    images

    जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ । स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ ।

    शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ । तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् ।

    यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् ।

    गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।

    आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

    त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।

    यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउनेछ ।

    महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपाली समक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २६ २०७७१०:०४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology