शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देशभरका शिक्षकलाई खुसीको खबर ! देउवा सरकारको यस्तो निर्णय

देशभरका शिक्षकलाई खुसीको खबर ! देउवा सरकारको यस्तो निर्णय

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २३ २०७८

  • 3.8K
    SHARES

  • देशभरका शिक्षकलाई खुसीको खबर ! देउवा सरकारको यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देशभरका शिक्षकको उपचार गर्नका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ ।

    सोमवार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक अस्पताल निर्माण गर्न ठाउँ खोज्नका लागि समिति गठन गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको बताए ।

    समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी छन् । समितिलाई २ महिनाभित्र जग्गा खोज्न समयसीमा तोकिएको छ ।

    समितिलाई देशका विभिन्न क्षेत्रमा पुगेर जग्गा हेर्न र विवरण मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ । काठमाडौं, चितवन लगायत ठाउँमा जग्गा खोज्ने सरकारको तयारी रहेको छ ।

    शिक्षक अस्पताल बनेपछि देशभरका करीब ३ लाख शिक्षक लाभान्वित हुने मन्त्रालयले जानकारी दिएको छ । देउवा सरकारले ल्याएको बजेटमा शिक्षक अस्पताल बनाउन बजेट विनियोजन गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend