बुधवार, आषाढ १५ २०७९Jun 29 2022

Logo
images
images
images
images

स्थानीय चुनावको तयारीमा निर्वाचन आयोग : छठलगत्तै यस्तो तयारी, के छ देउवाको जवाफ ?

स्थानीय चुनावको तयारीमा निर्वाचन आयोग : छठलगत्तै यस्तो तयारी, के छ देउवाको जवाफ ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 1.5K
    SHARES

  • स्थानीय चुनावको तयारीमा निर्वाचन आयोग : छठलगत्तै यस्तो तयारी, के छ देउवाको जवाफ ?

    काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभामा रिक्त पद, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको विषयमा सरकारसँग छलफल गरेको छ ।

    प्रमुख आयुक्त दिनेश थपलिया सहितका आयुक्त र सचिव सहितको टोलीले सोमबवर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी विभिन्न तहमा रिक्त पदको उपनिर्वाचन र आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गरेको छ ।

    images
    images
    images
    images

    आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले दलहरुसँग परामर्श गरेर निर्णय दिने जवाफ दिएका छन् । आयोगले प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको उपनिर्वाचनका लागि छोटो समय मात्र बाँकी रहेका कारण गरिरहनु नपर्ने भन्दै सिधै निर्वाचनमा जान प्रस्ताव गरेको छ । 

    जेठ ५ गते स्थानीय तहको वर्तमान निर्वाचित कार्यसमितिको म्याद सकिने भन्दै आयोगले स्थानीय तहको निर्वाचनका लागि चैत ५ गतेको मिति प्रस्ताव गरेको छ ।

    स्थानीय तहको निर्वाचन कानूनमा केही विवाद र जटिलता रहेका छन् । संविधान र कानूनमा म्याद थपको व्यवस्था समेत छैन । आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त सदस्यको उपनिर्वाचनका लागि सहजीकरण गर्न समेत आग्रह गरेको छ ।

    प्रमुख आयुक्त थपलियाले सरकारसँगको परामर्शमा आयोगले नै प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मिति तोक्ने भए पनि सरकारसँग राय मागिएको बताए । उनका अनुसार प्रतिनिधि सभामा ४ र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १७ पद रिक्त रहेका छन् ।

    आयोगले प्रदेशसभा र प्रतिनिधि सभाको उपनिर्वाचन एकैदिन र एकै चरणमा गर्न सरकारसँग आग्रह गरेको जनाइएको छ ।

    आयोगले प्रधानमन्त्री देउवासँगको छलफलमा मतदाता नामावली संकलन कार्यलाई व्यवस्थित बनाउने विषयमा पनि ध्यान दिन आग्रह गरेको छ । आयोगले हाल जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्ने गरिएकोमा सोलाई जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रसासन कार्यालयबाट ३६५ दिनमा नै गर्ने गरी व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेको छ । सरकारसँगको परामर्शपछि आयोगले आगामी छठपछि मतदाता नामावली संकलन गर्ने भएको छ ।

    आगामी निर्वाचनका लागि धेरै मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाले सकेसम्म जो जहाँ छन्, त्यहीबाट नामावलीमा नाम दर्ता गर्ने गरी वातावरण मिलाइदिन वा नभए तत्कालका लागि स्थानीय तहको केन्द्रमा नै नामावली संकलन गर्ने व्यवस्थाका लागि पनि आयोगले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    आयोगले निर्वाचन कानूनका विषयमा देखिएका जटिलता फुकाइदिन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको छ । आयोगले कानूनमा भएका जटिलताअन्तर्गत निर्वाचन खर्चका विषय, आचारसंहिता र विदेशमा बस्नेलाई समेत मताधिकारको व्यवस्थाका विषयमा कानूनी जटीलता फुकाइदिन र त्यसमा आयोगलाई सहमति दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।

    ७७ जिल्लामा नै आयोगका लागि कार्यालय भवन उपलब्ध गराइदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । हाल आयोगका २३ जिल्लामा मात्रै आफ्नै भवन रहेका छन् ।

    आयोगले सकेसम्म आगामी निर्वाचनबाटै इलेक्ट्रोनिक मतदानको व्यवस्था गर्ने गरी वातावरण बनाइदिन समेत सरकारसँग आग्रह गरेको छ । सम्भव नभएमा आयोगले आगामी निर्वाचनमा मतपत्रको गणना विद्युतीय प्रणालीमार्फत गर्न भनेको छ । 

    व्यक्ति आफैंले अनलाइन प्रणालीमा गएर मतदाता नामावली दर्ता गर्न सकिने प्रणालीको विकासमा समेत सरकारलाई सुझाइएको आयोगले जनाएको छ ।

    यसैबीच, आयोगले आगामी फागुन २० गते रिक्त हुने राष्ट्रिय सभाको १९ पदमा उपनिर्वाचन गर्न माघ ७ गतेको मिति प्रस्ताव गरेको छ । राष्ट्रियसभा कानून अनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend