मंगलवार, मंसिर २१ २०७८Dec 07 2021

Logo
images
images
images

मधेशमै उपेन्द्र यादवविरुद्ध यसरी बढ्दैछ आक्रोश, विरोधमा पुत्ला दहन

मधेशमै उपेन्द्र यादवविरुद्ध यसरी बढ्दैछ आक्रोश, विरोधमा पुत्ला दहन

  • मिडिया डबली
  • आइतवार, आश्विन ३१ २०७८

  • 822
    SHARES

  • मधेशमै उपेन्द्र यादवविरुद्ध यसरी बढ्दैछ आक्रोश, विरोधमा पुत्ला दहन

    राजविराज - राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराज र धनुषाको जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ ।

    राजविराजमा अभियानका अभियन्ता सञ्जय यादव र मनिष हिन्दूको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो । त्यसैगरी जनकपुरमा अभियानका अभियन्ता अरुण यादव र सुनिल शाहको नेतृत्वमा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

    images

    दुवै स्थानमा अभियानका अभियन्ताहरुले निकालेको र्यालीमा चिनियाँ दलाल मुर्दावाद, उपेन्द्र यादव-प्रचण्डको दलाल, प्रदेश २ मा तिब्बतीकरण बन्द गर, प्रदेश २ मा इस्लामीकरण बन्द गर र उपेन्द्र यादव चिनियाँ दलाल भन्दै प्रदर्शन गरेका थिए ।

    अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। अध्यक्ष यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहेपनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए ।

    उनले जसपाका अध्यक्ष उपेन्द्र यादव चिनियाँ दलाल रहेको आरोप लगाए । उनले भने, 'उपेन्द्र यादव चिनियाँ दलाल हुन्, चिनियाँ निकटहरुलाई मन्त्री बनाइएको छ।' त्यस्तै उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन लागेको आरोप लगाए ।

    “मुख्यमन्त्री लालबाबु राउत आईएसआईको एजेन्ट हुन्” उनले भने “उपेन्द्र चिनियाँ एजेण्ट र लालबाबु आईएसआईको एजेन्ट, दुवै मिलेर प्रदेश नम्बर २ मा मदरसा विधेयक ल्याएर तालिवान बनाउने योजनामा काम गरी रहेको छ ।”

    नेपाल सरकारले शिक्षामा उच्च लगानी गरी सरकारी विद्यालय सञ्चालन गरेको र त्यहाँ पठनपाठनमा कुनै पनि भेदभाव नभएको कारण मदरसा शिक्षाको कुनै आवश्यकता नै नरहेको उनले तर्क गरे ।

    मदरसामा पढेका विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने प्रश्न गर्दे उनले भने “मदरसा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा हो जसलाई अरु कुनै पनि धर्म संस्कृति सँग सम्बन्ध छैन् ।” मदरसा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए ।

    धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा जोड दिदै उनले संघीय हिन्दु गणतन्त्रसहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend