काठमाडौं – नेपाली कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारका कामकारबाही प्रभावित हुँदै आएका छन् ।
प्रधानमन्त्री देउवाले बिहीवार बिहान १० बजे सर्वदलीय बैठक पनि बोलाएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले बैठकमा बोलाएको देउवाको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकमा संसद्को अवरोध अन्त्यसँगै समसामयिक विषयमा छलफल हुनेछ । यसअघि राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले सरकारलाई अवरोध अन्त्यका लागि पहल गर्न रुलिङ समेत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।