शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसभित्र देशभर देउवाले यसरी गर्दैछन् कब्जा, पालिका चुनावको लेखाजोखाले गर्‍यो संकेत

कांग्रेसभित्र देशभर देउवाले यसरी गर्दैछन् कब्जा, पालिका चुनावको लेखाजोखाले गर्‍यो संकेत

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 7.0K
    SHARES

  • कांग्रेसभित्र देशभर देउवाले यसरी गर्दैछन् कब्जा, पालिका चुनावको लेखाजोखाले गर्‍यो संकेत

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ६४ जिल्लामा वडा र झन्डै ६० जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भई नेतृत्वसमेत चयन भइसकेको छ ।

    अहिलेसम्मको निर्वाचन परिणाम हेर्दा संस्थापन शेरबहादुर देउवा पक्ष नै हाबी देखिएको छ । अझै १३ जिल्लामा वडा र पालिकास्तरको अधिवेशन हुन बाँकी छ ।

    तर, अहिलेसम्म सार्वजनिक भएका मतपरिणाम हेर्दा देउवा पक्ष नै बलियो देखिएको छ । सात प्रदेशमध्ये प्रदेश २ को ६ जिल्लामा क्रियाशील विवाद टुंगिन बाँकी छ ।

    त्यसकारण ६ प्रदेशका अधिकांश जिल्लामा वडा र पालिका तहको निर्वाचन भइसकेको छ । सुदूरपश्चिम, कर्णाली, बागमती र प्रदेश १ का पालिका नेतृत्वमा सभापति देउवा पक्ष बलियो देखिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

    सुदूरपश्चिममा कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिन र डडेल्धुरामा विवाद देखिएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा तुलनात्मक रूपमा देउवा पक्षभन्दा रामचन्द्र पौडेल अलि बलियो देखिएको छ ।

    बागमती प्रदेशमा चितवनमा पौडेल पक्षले झन्डै क्लिन स्विप गरेको छ । मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेमा देउवा पक्ष बलियो देखिएको छ ।

    रसुवामा वडा अधिवेशन नै भएको छैन । काठमाडौंमा पालिका तहको अधिवेशन हुन बाँकी छ । भक्तपुरका चार स्थानीय तहमध्ये पौडेल र देउवा पक्ष बराबर देखिएको छ ।

    १४औं महाधिवेशनमा सभापति देउवाले फेरि एक कार्यकाल दोहोरिने चाहना व्यक्त गरेका छन् । पौडेल पनि सभापतिमा उठ्ने मनस्थितिमा छन् । तर, उनको पक्षमा सभापतिका आधा दर्जन नेता आकांक्षी देखिएकाले अन्तिममा को उम्मेदवार हुन्छ यसै भन्न सकिने अवस्था छैन ।

    तर, अहिलेसम्मको परिणामले फेरि एकपटक देउवाले सभापतिमा बाजी मार्न सक्ने अनुमान गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend