काठमाडौं – भूमिहीन र सुकुम्बासीको समस्या समाधान आयोग विघटन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सोमबार न्यायाधीश दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सरकारको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।
यसअघि देउवा सरकारले साउन १९ गते भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको हो । सर्वोच्चले आयोग विघटनसम्बन्धी निर्णयसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी निर्णयको फाइल समेत झिकाएको छ ।
देउवा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरी नयाँ भूमि आयोग गठन गरेको छ ।
आयोग विघटनपछि भूमिसम्बन्धी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष देवीप्रसाद ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्णयको फाइल झिकाएको छ । फाइल अध्ययनपछि अदालतले फैसला गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।