काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै १२ देशका राजदूत फिर्ता हुँदैछन् ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपालका तर्फबाट अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा, भारतका निलम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे र बेलायतका लोकदर्शन रेग्मी लगायत राजदूत फिर्ता हुने भएका छन् ।
यी हुन् फिर्ता हुने १२ राजदूतहरू –
चीन – महेन्द्रबहादुर पाण्डे
भारत – निलाम्बर आचार्य
बंगलादेश – वंशीधर मिश्र
इजरायल – अञ्जना शाक्य
ओमान – शर्मिला पराजुली ढकाल
जापान – प्रतिभा राणा
कतार – नारदनाथ भारद्वाज
मलेसिया – उदयराज पाण्डे
दक्षिण अफ्रिका – निर्मलकुमार विश्वकर्मा
बेलायत – लोकदर्शन रेग्मी
स्पेन – दाबा फुटी शेर्पा
अमेरिका – युवराज खतिवडा
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।