आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भीम रावलको ताजा बोली : यसरी एमसीसी पास गर्नुपर्छ

भीम रावलको ताजा बोली : यसरी एमसीसी पास गर्नुपर्छ

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 6.7K
    SHARES

  • भीम रावलको ताजा बोली : यसरी एमसीसी पास गर्नुपर्छ

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित पास गर्नुपर्ने तर्क गरेका छन् ।

    आज बुधवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले एमसीसी सम्झौताका गलत बुँदाबारे स्पष्ट पार्दै ती बुँदा परिमार्जन गरेर पारित गर्नुपर्ने बताए ।

    उपाध्यक्ष रावलले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने समेत बताएका छन् । उनले केही प्रावधान र सम्झौता राष्ट्रिय हितविपरीत रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    अरु देशजस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको उनले बताएका छन् । विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको बताउँदै उपाध्यक्ष रावलले एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित विपरीत रहेकाले प्रश्न खडा भएको बताए ।

    उपाध्यक्ष रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्झौतामा तेस्रो पक्षको समेत अनुमति लिनुपर्ने प्रावधान गलत रहेको बताएका छन् । एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उपाध्यक्ष रावलले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०३:५७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend