शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

देउवाको गृहजिल्ला डडेलधुरा सभापतिमा यी हुन् प्रतिस्पर्धा, कसले मार्ला बाजी

देउवाको गृहजिल्ला डडेलधुरा सभापतिमा यी हुन् प्रतिस्पर्धा, कसले मार्ला बाजी

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १८ २०७८

  • 14.1K
    SHARES

  • देउवाको गृहजिल्ला डडेलधुरा सभापतिमा यी हुन्  प्रतिस्पर्धा, कसले मार्ला बाजी

    डडेल्धुरा, १८ भदौ- नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औं महाधिवेशनको रौनक बढेको छ। केन्द्रमा सभापतिका आकांक्षीले दावी प्रस्तुत गरिरहँदा जिल्ला पनि जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरू भएको छ। यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पार्टी सभापतिको लागि होडबाजी चलेको छ।

    जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग गुट छन् । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति मल्ल केन्द्रीय सभापतिका आकांक्षी विमलेन्द्र निधिको साथमा रहेका छन्।

    यसका बाबजुत फेरि कांग्रेस डडेल्धुरामा चुनावी माहोल तातेको छ।  अहिलेसम्म डडेल्धुरामा तीन जनाले सभापतिको उम्मेदवारीमा दावी गरेका छन्। जसमा परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउद, कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट र अधिवक्ता हरि भट्ट रहेका छन्।

    नगरप्रमुख साउदलाई सभापति देउवाको समर्थन रहेको उनी निकट नेताहरू बताउँछन्। यसअघि देउवा निवास पुगेर फर्किएका साउदले देउवाले आफूलाई समर्थन गरेकोे भन्दै जिल्ला सभापतिको लागि उम्मेदवारी पेस गरेका थिए । 

    उनलाई कांग्रेस सुदूरपश्चिम सचेतक गोविन्दराज बोहरा र पूर्व जिल्ला उपसभापति रघुवर भट्टको पनि समर्थन छ। यसअघि यी दुबैले पनि जिल्ला सभापतिमा आकांक्षा राखेका थिए ।

    जिल्लामा सभापतिको आकांक्षी धेरैं हुँदाहुँदै पार्टी सभापति देउवाले निवासमै बोलाएर सर्वसम्मतबाट पार्टी सभापतिका लागि परशुराम नगरपालिकाका मेयर  साउदको नाम अगाडि सारेपछि कांग्रेसमा झनै आगो दन्किएको छ।

    वर्तमान जिल्ला उपसभापति करुणाकर भट्टलाई भने सभापति मल्लको साथ रहेको छ। यसअघि दुई पटक जिल्ला सभापति भइसकेका मल्ल भने विधानअनुसार अब सभापति बन्न पाउने छैनन्।

    डडेल्धुरामा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवा टीमबीच विगतमा पनि प्रतिस्पर्धा हुँदै आएको छ। कांग्रेसमा गुट उपगुट हावी भएको भन्दै कांग्रेस सुदृढीकरण अभियान नाम दिएर तेस्रो धारबाट सभापतिमै हरिप्रसाद भट्टले उम्मेदवारी घोषणा गरेका छन् । भट्ट पेसाले अधिवक्ता हुन्। यी बाहेक अरू नेताले पनि सभापतिमा आकांक्षा राखे पनि यी तीनजनाबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ।

    भट्ट भर्सेस भट्ट, को होला ब्याक ?

    कांग्रेसमा अधिवेशनको सरगर्मी बढ्दै गइरहेको बेला मत आफूतिर तान्ने प्रयास उम्मेदवारहरूले गरिरहेका छन् ।  मेयर साउदको टीम एकातिर छ भने सभापति मल्ल र तेस्रो धारका भट्टको टीमसँगै मिलेर मत आफूतिर तान्ने प्रयासरत छन् । सोही कारण भट्ट भर्सेस भट्टमध्ये एकजना ब्याक हुने आंकलन गर्न सकिन्छ।

    अधिवक्ता भट्टलाई सभापतिको आधिकारिक उम्मेदवार बनाउँदा बीचमा धोका हुन सक्ने र मेयर साउद निर्विरोध सभापति बन्न सक्ने भन्दै मल्लले वर्तमान उपसभापति भट्टलाई ब्याक नगरेको उनी निकट स्रोत बताउँछ।

    स्रोतकाअनुसार अधिवक्ता भट्टको भन्दा उपसभापति भट्टसँग बढी मत रहेको छ। तर, उता मेयर साउदसँग पनि भट्टकै हाराहारी मत रहेको विश्लेषण गरिन्छ। 

    अधिवक्ता भट्ट ब्याक हुँदा उनीनिकटका व्यक्तिले उपसभापति भट्टलाई मत नदिएर साउदलाई दिने र साउद सभापति बन्ने पक्का हुन्छ। तर,उपसभापति भट्ट ब्याक हुँदा उनी निकट व्यक्तिले मेयर साउदलाई नदिएर अधिवक्ता भट्टलाई दिने र उनी विजयी हुने सम्भावना बलियो छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend