शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

चीनको दादागिरीविरुद्ध देउवा सरकारको यस्तो ‘एक्सन’, यी व्यक्तिलाई विशेष जिम्मा

चीनको दादागिरीविरुद्ध देउवा सरकारको यस्तो ‘एक्सन’, यी व्यक्तिलाई विशेष जिम्मा

  • मिडिया डबली
  • बुधवार, भाद्र १६ २०७८

  • 5.2K
    SHARES

  • चीनको दादागिरीविरुद्ध देउवा सरकारको यस्तो ‘एक्सन’, यी व्यक्तिलाई विशेष जिम्मा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली सीमा अतिक्रमण गर्ने चीनको दादागिरीविरुद्ध ‘एक्सन’ सुरु गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चीनसँगको उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी सरकारलाई प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । 

    बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका सीमा समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।

    समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव र सदस्यमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका प्रतिनिधि र सीमा विज्ञ रहने कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    बैठकले स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयन गर्न प्राप्त हुने करीब १ अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

    सरकारले मेवा र नलगाड सबस्टेसन निर्माणस्थलमा परेका स्थानीय व्यक्तिका जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत दिएको छ । माओवादी सेनाका घाइते अपाङ्ग लडाकु, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनर्स्थापना एवं हेरचाह (दोस्रो संशोधन) निर्देशिका २०७८ स्वीकृत गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend