शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

पशुपतिमा क्रिस्चियन प्रभुत्व बढाउन माधव नेपालको देउवामाथि दबाब

पशुपतिमा क्रिस्चियन प्रभुत्व बढाउन माधव नेपालको देउवामाथि दबाब

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 6.2K
    SHARES

  • पशुपतिमा क्रिस्चियन प्रभुत्व बढाउन माधव नेपालको देउवामाथि दबाब

    काठमाडौं - पशुपतिनाथ मन्दिर हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । तर, केही समयदेखि पशुपतिमा क्रिस्चियनहरूको आँखा लागेको छ ।

    पशुपतिको स्वत्व नै गुम्ने गरी क्रिस्चियन दबदबा बढाउने प्रयत्न भइरहेको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषमा दक्षिण कोरियाको युनिफिकेसन चर्चमा आबद्ध व्यक्तिलाई नियुक्तिको तयारी भएको छ ।

    कोषमा रिक्त रहेको पदाधिकारी तथा सदस्य पदहरुमा इन्टरफेथ ग्रुपसँग निकटहरुलाई नियुक्त गर्न लागेको स्रोतले बताएको छ । इन्टरफेथ ग्रुप नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सञ्चालन गरेको बुझिएको छ ।

    नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोषका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान राखेको बुझिएको छ । इन्टरफेथ ग्रुपले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर तथा त्यससँग सम्बन्धित सम्पूर्ण काम कारवाहीमा निर्णय लिने स्रोतले बतायो ।

    पशुपति मन्दिर सञ्चालन, पशुपति क्षेत्रमा हुने जात्रा पर्व, पूजा तथा सम्पूर्ण धार्मिक कामको व्यवस्थापन, परिचालन तथा निर्णय कोषले गर्छ । पशुपति क्षेत्रको विकास निर्माण गर्ने, पशुपतिनाथको प्रचारप्रसार गर्ने जिम्मेवारी पनि कोषसँग हुन्छ ।

    त्यसैले इन्टरफेथ ग्रुपले कोषमा आफ्नो प्रभुत्व बढाउन खोजेको हो । इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो । यसलले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काम गर्दै आएको छ ।

    युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय सञ्चालक समितिमा एकनाथ ढकाल छन् । उनी माधव नेपालसँग ज्यादै निकट छन् । सोही संगठनको काममा माधवकुमार नेपालले ३० वटाभन्दा धेरै देशको भ्रमण गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend