काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले आफ्नो पार्टी सहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको ४ महिना केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
देउवा सरकारलाई सफल बनाउनका लागि अबको ४ महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रवक्ता श्रेष्ठले बैठकपछि भने, ‘अबको ४ महिनाको अवधिमा राजनीतिक रुपमा बाम–लोकतान्त्रिक सहकार्यको सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढ्न अध्यक्ष कमरेडले निर्देशन दिनुभएको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।