शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बाढीपहिरो क्षेत्रमा तत्कालै राहतका काम गर्न प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

बाढीपहिरो क्षेत्रमा तत्कालै राहतका काम गर्न प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 6.1K
    SHARES

  • बाढीपहिरो क्षेत्रमा तत्कालै राहतका काम गर्न प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौं बैठकमा मंगलवार उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढीपहिराले बगाएका पुलहरूका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिए ।

    यस्ता पुलहरू सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत् मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउन समेत निर्देशन दिएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्य सचिव अनिल पोखरेलले बताएका छन् ।

    बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

    मेलम्ची क्षेत्रमा गेगरान सहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउनेबारे समेत छलफल भएको सदस्य सचिव पोखरेलले बताए ।

    प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ‘ओ एन्ड एम सर्भे’ गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तरण गर्न समेत निर्देशन दिएका उनले बताए ।

    प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरू, मुख्यसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित थिए भने सातै प्रदेशका मुख्यमन्त्री कार्यालय जूममार्फत जोडिएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend