काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ। सोमबार सरकारले यो निर्णय सार्वजनिक गरेको थिएन । तर, मंगलबार यो समाचार बाहिरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। घिसिङले बुधबार पदबहाली गर्ने जनाइएको छ।
शाक्य मंगलबारदेखि बिदामा बसेका छन् । प्राधिकरण स्रोतका अनुसार शाक्य अब नफर्किने गरी बिदामा बसेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।