शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 5.2K
    SHARES

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गरेको छ ।

    बैठकले सरकारी कर्मचारीको नयाँ तलबमान समेत स्वीकृत गरेको छ ।

    बैठकले गरेका यी हुन् ७ निर्णय -

    १– हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासनमा पठाउने ।

    २– सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने ।

    ३– विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८ को छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने ।

    ४– माथिल्लो त्रिशुली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन ।

    ५– नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वितीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरी परराष्ट्रमा पदस्थापना गर्ने ।

    ६– सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने ।

    ७– कृषि तथा वन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend