काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।
आज बिहीवार बिहान प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त उपाध्यक्ष पौडेलले बिहीबारै जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलवार राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा उनलाई नियुक्त गरेका थिए । कोरोना महामारीको कारण राष्ट्रपति कार्यालयलमा शपथ ग्रहण कार्यक्रम स्थगन गराइएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।