बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना खोप अभियानमा तीब्रता दिँदै देउवा सरकार, आजदेखि देशभर सञ्चालन

कोरोना खोप अभियानमा तीब्रता दिँदै देउवा सरकार, आजदेखि देशभर सञ्चालन

  • मिडिया डबली
  • सोमवार, श्रावण ४ २०७८

  • 4.9K
    SHARES

  • कोरोना खोप अभियानमा तीब्रता दिँदै देउवा सरकार, आजदेखि देशभर सञ्चालन

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज सोमवारदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरू गर्ने भएको छ ।

    खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३–५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपाङ्गताको ‘क’ र ‘ख’ वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहने भएका छन् । 

    यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने भएको छ । खोप अभियानको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् । खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमवारदेखि नै खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

    खोप अभियानको पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरी खोप केन्द्रमा स्थलगत अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए । अभियानमा जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्ने रहेको छ ।

    गत हप्ता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो । सबैजसो जिल्लामा खोप पुगिसकेको मन्त्रालयले जनाएको छ । यसै महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको छ ।

    केही दिनमै जापानले अस्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकाले सो खोप आउनबित्तिकै कोभिशिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

    यसैबीच, भारत सरकारले नेपालको लागि आईतवार १५० थान बाल आईसीयू बेड हस्तान्तरण गरेको छ । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बेड सामग्री हस्तान्तरण गरेका छन् ।

    सो अवसरमा राजदूत क्वात्राले कोभिड महामारीको घडीमा भारतले प्रदान गरेका सामग्रीहरुले महत्त्वपूर्ण सहयोग हुनसक्ने बताएका छन् । ‘कोभिड–१९ महामारीको समयमा भारतले प्रदान गरेको आईसीयूले स्वास्थ्य संरचना विस्तारमा महत्त्वपूर्ण स्थान हुनेछ,’ क्वात्राले भनेका छन् ।

    मित्रराष्ट्रको रुपमा यस्तो आपसी सहयोग आगामी दिनमा पनि जारी रहेन क्वात्राको भनाइ रहेको थियो । सो क्रममा सञ्चारकर्मीले भारतले दिने भनेको खोप कहिले दिने भन्ने प्रश्नको उत्तरमा राजदूत क्वात्राले यस्तो भारत र नेपालमा कोभिड–१९ को महामारीको बेला घोषित खोप दिन नसकेको र आगामी दिनमा खोपको साथै अन्य स्वास्थ्य सामग्री प्रदान गरिने बताएका छन् ।

    कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ महामारीविरुद्ध लड्न भारतले आगामी दिनमा भारतसँगको सहकार्यको अपेक्षा राखेको बताएका छन् । ‘महामारीको विरुद्धमा लड्नको लागि भारत तथा भारतीय जनताको छिमेकी राष्ट्रप्रतिको योगदान छ,’ उनले भने । 

    कार्कीले भारतले कोभिड–१९ विरुद्धको खोप पनि विश्वमै पहिलोपटक नेपाललाई प्रदान गरेको स्मरण गरेका छन् ।

    गत २४ घण्टामा नेपामा कोरोना संक्रमणदर १८.६२ प्रतिशत रहेको छ । संक्रमण दर अन्य दिनहरुमा १८–२२ प्रतिशतको हाराहारीमा देखिएको छ । नेपालमा ३ हप्तादेखि १८–२० वा २१ प्रतिशतको वरिपरि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले औंल्याएको छ ।

    गत २४ घण्टामा परीक्षण भएका १० हजार ६६ वटा नमूनामध्येमा १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको छ । थपसहित नेपालमा कूल संक्रमित संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ४ लाख ५३ हजार ४६८ जना दोस्रो लहरको कोरोना संक्रमणको अवधिमा संक्रमित भएका छन् ।

    गत २४ घण्टामा थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० जना पुगेका छन् । ती मध्येमा ६ हजार २७९ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको छ ।

    लकडाउन खुकुलो हुनु र लकडाउन खुलेपछि घट्दै जानुपर्ने संक्रमण केही मात्रामा जारी रहेको संकेत रहेको प्रवक्ता पौडेलेको भनाइ छ । लकडाउन खुकुलो भएको केही हप्ता हेरेपछि मात्र कोरोना संक्रमण घट्ने वा बढ्ने क्रममा रहेको यकिन हुने उनले बताए ।

    ‘संक्रमण एउटै प्रतिशतमा रहनु भनेको जोखिम कायमै छ भन्ने बुझ्नुपर्छ,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ६ २०७७०३:०२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend