बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना खोप २ करोड १७ लाख नेपालीलाई लगाउनेबारे सरकारको यस्तो तयारी

कोरोना खोप २ करोड १७ लाख नेपालीलाई लगाउनेबारे सरकारको यस्तो तयारी

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 4.2K
    SHARES

  • कोरोना खोप २ करोड १७ लाख नेपालीलाई लगाउनेबारे सरकारको यस्तो तयारी

    काठमाडौं – सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउनुपर्ने भएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ २० गतेसम्म चीन सरकारले अनुदानमा दिने भनेको १० लाख मात्रा भेरोसेल खोप आइपुग्ने जानकारी दिए ।

    कोभिड–१९ विरुद्धको १० लाख मात्रा भेरोसिल खोपमध्ये २ लाख आईतवार र बाँकी ८ लाख डोज २० जेठसम्म आइपुग्ने भएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार चीनबाट ५० लाख, अमेरिकाबाट ५० लाख र भारतबाट १७ लाख मात्रा खोपका लागि परिपत्र गरिएको छ । अस्ट्रेजेनिकाको खोप स्टकमा रहेकाले अमेरिकासँग खोप उपलब्ध गराउन आग्रह गरिएको तर प्रक्रिया झन्झटिलो भएकाले केही ढिलो हुनसक्ने देखिएको मन्त्री ज्ञवालीले बताएका छन् ।

    सन् २०२१ भित्र आमनागरिकलाई खोप लगाउने गरी सरकार अघि बढिरहेको ज्ञवालीले बताएका छन् ।

    भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज खरिदका लागि प्रस्ताव पठाएको छ ।

    ‘कोभ्याक्सअन्तर्गत नेपालले १९ लाख मात्रा खोप गत मार्चसम्म पाइसक्नुपर्ने थियो,’ उनले भने, ‘हालसम्म कोभ्याक्समार्फत् ३ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको छ । कूटनीतिक प्रयत्न जारी रहेको छ ।’

    विभिन्न मुलुकसँग खोप खरिद वा अनुदान विषयमा छलफल भइरहेको बताउँदै मन्त्री ज्ञवालीले हप्तादिनभित्र ‘ब्रेक थ्रू’ हुने प्रष्ट पारेका छन् । खोपका लागि ३६ अर्ब बजेट स्रोत सुनिश्चित गरिएको छ ।

    सरकारले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र बेलायतको अस्ट्राजेनेका खोप प्राप्तिका लागि पहल गर्दै आएको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले दोस्रो डोज खोप लगाउने समयावधि विषयमा छिट्टै निर्क्यौल गरिने बताए ।

    ‘दोस्रो मात्रा कहिले लगाउने भन्नेबारे छिट्टै निर्णय हुनेछ, खोप अभाव भएकै कारण १२ हप्ताभित्र लगाउनुपर्ने कोभिडसिल्ड लगाउने समय घर्किएको हो,’ पोखरेलले भने, ‘हालसम्म अनुमानित ४ लाख ५० हजार नागरिकले पहिलो र दोस्रो मात्रा लगाएका छन् ।’ आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend