आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

निषेधाज्ञाबारे सीडीओहरूलाई सरकारको यस्तो नयाँ निर्देशन

निषेधाज्ञाबारे सीडीओहरूलाई सरकारको यस्तो नयाँ निर्देशन

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 4.6K
    SHARES

  • निषेधाज्ञाबारे सीडीओहरूलाई सरकारको यस्तो नयाँ निर्देशन
    फाइल तस्वीर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथामका लागि जारी भएको निषेधाज्ञाबारे सरकारले देशभरका सीडीओलाई नयाँ निर्देशन दिएको छ ।

    सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा सवारीसाधनलाई जान नदिन निर्देशन दिएको हो ।

    आज बिहीवार मुख्यसचिव शंकरदास बैरागी, ३ वटै सुरक्षा निकाय सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच भएको भर्चुअल बैठकमा गृहसचिव महेश्वर न्यौपानेले नयाँ निर्देशन दिएका छन् ।

    भर्चुअल बैठकमा निषेधाज्ञा जारी गरिएका सीडीओले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न आइपरेका समस्याबारे मुख्य सचिवसँग कुरा गरेका थिए ।

    सीडीओले निषेधाज्ञा जारी नभएका जिल्लाबाट जारी भएका ठाउँमा निर्बाध रुपमा आवागमन हुँदा व्यवस्थापन गर्न कठिन भएको बताएका छन् । गृहसचिव न्यौपानेले निषेधाज्ञा जारी भएका जिल्लामा सवारीसाधनलाई नपठाउन निर्देशन दिएका छन् ।

    सीडीओहरूले विदेशबाट नेपाल भित्रिने नागरिकलाई स्थायी ठेगाना भएको जिल्ला पठाउन कठिनाइ भएको, होल्डिङमा राख्ने, स्वास्थ्य परीक्षण र गन्तव्यसम्म पुर्‍याउन सवारीसाधनको समस्या, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रशासनकर्मी समेत संक्रमित हुँदा थप जटिल भएको गुनासो गरेका छन् ।

    गृहसचिव तथा सुरक्षा प्रमुखले आइपरेका समस्याको समयमै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । गृहसचिव न्यौपानेले स्थानीय प्रमुखसँग सम्पर्कमा रहेर विभिन्न समस्याको समाधान गर्न सहयोग लिन सकिने सुझाव दिएका छन् ।

    बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, बर्दिया, कैलाली, पर्सा, कास्की, रूपन्देही, कञ्चनपुर, बाग्लुङ, कालिकोटसहित १५ जिल्लाका सीडीओको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend