बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

स्वास्थ्य मन्त्रालयले १ महिनाअघि नै निकालेको उपाय सरकारले नमान्दा कोरोना भयावह !

स्वास्थ्य मन्त्रालयले १ महिनाअघि नै निकालेको उपाय सरकारले नमान्दा कोरोना भयावह !

  • मिडिया डबली
  • शनिवार, बैशाख ११ २०७८

  • 7.7K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले १ महिनाअघि नै निकालेको उपाय सरकारले नमान्दा कोरोना भयावह !

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्न सरकारलाई १ महिनाअघि नै सुझाव दियो । तर सरकारले अझै सुनुवाइ गरेको छैन ।

    नेपालमा कोरोनाको दोस्रो लहर सुरू हुँदै गर्दा स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि सर्वसाधारणको आवतजावतलाई सीमित बनाउन सुझाव दिएको थियो ।

    शहरी क्षेत्रमा विभिन्न नाममा भीडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेकाले आवतजावतमा कडाइ गर्न उपयुक्त विकल्प हुने सुझाव सरकारलाई दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

    प्रवक्ता गौतमका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै कडाइ गर्नुपर्ने पक्षमा रहेको छ । कडाइ गर्न मन्त्रालयले कोरोना संकट व्यवस्थापन केन्द्रलाई सुझाव समेत दिएको थियो । सुझावमा ५ जनाभन्दा बढी भीडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरूमा कडाइ गर्नुपर्ने जस्ता सुझाव रहेका थिए ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको सम्भावित फैलावटलाई नियन्त्रण गर्न समयमै सीसीएमसीलाई सिफारिस गरेको भए पनि सरकारले निर्णय लिन ढिलाइ गरिरहेको प्रवक्ता गौतमले गुनासो गरेका छन् । 

    ‘विद्यालय समयमै बन्द गर्नुपर्ने थियो, भीडभाड हुने ठाउँमा समयमा सजक हुनुपर्ने हो,’ गौतमले भने, ‘अहिले संक्रमण फैलिँदै गएको छ, समयमा मोबिलिटी रेस्ट्रिक्सन भइदिएको भए केही सहज हुन्थ्यो कि !’

    गौतमले लकडाउन नै कोरोना रोकथामको विकल्प  नभएको भन्दै स्वास्थ्य मापदण्डको पालनासहित आवतजावतमा कडाइ गरिनुपर्ने बताए । मन्त्रालयले लकडाउनका लागि पछिल्लो समय सिफारिस गरेको आफूलाई थाहा नभएको भन्दै लकडाउन गर्दैमा कोरोना नियन्त्रण हुन नसक्ने समेत बताएका छन् ।

    कतिपय व्यक्ति र विज्ञले कोरोना भयावह बन्दै गएकाले लकडाउन गर्नुपर्ने बताउँदै आएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend