काठमाडौं – कोरोना भाइरस संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
कोरोनाकै कारण ४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधवार संक्रमण दर १२.७२ प्रतिशत, बिहीवार १२.८६ प्रतिशत र शुक्रवार १४.६१ प्रतिशत थियो । शनिवार १४ प्रतिशत रहेकामा आईतवार १८.९५% पुगेको छ । संक्रमित हुनेमा नेपालगञ्ज र काठमाडौंमा बढी रहेका छन् ।
आईतवार काठमाडौंमा ३२६ र बाँकेमा १६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै रहेका छन् । विद्यालय तहका बालबालिका संक्रमण हुनेक्रम समेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करीब १० प्रतिशत रहेका छन् ।
बुधवार ७० बालबालिकामा संक्रमण पुष्टि भएको थियो । संक्रमित बालबालिकाको संख्या बिहीवार ५२, शुक्रवार ८१ र शनिवार ८९ रहेको थियो । आईतवार बढेर ११२ पुगेको मन्त्रालयले जनाएको छ ।
५ वर्षमुनिका ३ हजार ५६५ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।