मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

कोरोना ह्वात्तै बढेपछि देशभर कडाइ गर्ने सरकारको निर्णय

कोरोना ह्वात्तै बढेपछि देशभर कडाइ गर्ने सरकारको निर्णय

  • मिडिया डबली
  • बुधवार, चैत्र २५ २०७७

  • 1.4K
    SHARES

  • कोरोना ह्वात्तै बढेपछि देशभर कडाइ गर्ने सरकारको निर्णय

    काठमाडौं – कोरोना भाइरस संक्रमण ह्वात्तै बढेपछि सरकारले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ ।

    कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक अनुरोध जारी गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको छ ।

    images
    images

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधवार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन समेत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ ।

    कोरोना संक्रमितको पहिचान गर्न ‘कन्ट्याक्ट ट्रेसिङ’ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन समेत मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरूलाई आग्रह गरेको छ ।

    मन्त्रालयले ठूला शहरमा ५०० भन्दा बढी र साना शहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या तथा क्वारेन्टीनका नियममा समेत कडाइ गर्न मन्त्रालयको आग्रह छ ।

    मन्त्रालयले काठमाडौं, पोखरा लगायत ठूला शहरमा विद्यालय जाने उमेर समूहमा समेत कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थामा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    बढी भीडभाड हुने स्थान शपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिर लगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

    यस्तो छ मन्त्रालयको सूचना – 

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०९:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology