काठमाडौँ- भाइरल गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको आबाजमा लोकदोहोरी गीत 'मलाई माया नगर नगर...' रिलिज भएको छ । पछिल्लो समयमा ब्यापक रुचाइएकि गायिका खड्का र गायक विश्वकर्माको पहिलो गीत मलाई माया नगर नगर बुधबार ए बि एस म्युजिक नामक युटुब च्यानल बाट रिलिज भएको हो ।
युनिक भोजराज बिकको लय तथा शब्द रहेको उक्त गीत रिजिल भएको केहि बेरमा नै चर्चा बटुल्न सफल भएको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओलाई ए बि एस म्युजिकको ब्यानरमा तयार गरिएको हो ।
निर्देशक कपिल लामाले निर्देशनमा तयार पारिएको भिडिओमा चर्चित मोडल आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ ।
बिपिन क्षेत्रिको छायाँकन रहेको भिडिओको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।