काठमाडौं – रानाथारु समुदायको होलीपछिको महत्त्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा आज सोमवार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।