काठमाडौं – आगामी पुस २९ गते परेको भुवा पर्वको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले सार्वजनिक बिदा दिने निर्णय भएकोबारे जानकारी दिए ।
सुदूरपश्चिमको लोकप्रिय पर्व भुवालाई जगेर्ना गर्न र संस्कृतिको रक्षाका लागि सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा द्वापर युगताका युद्धमा प्रदर्शन गरिएको मानिने युद्ध कला कौशलताको प्रतिक भुवा नाचको प्रदर्शन हुने गरेको छ । पहाडबाट तराईमा बसाई सरेर आएकाहरु यतिबेला कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भुवा नाच प्रदर्शन गर्ने गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।