बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा यसरी बढ्दैछ कोरोना संक्रमण

नेपालमा यसरी बढ्दैछ कोरोना संक्रमण

  • मिडिया डबली
  • बिहिवार, चैत्र १९ २०७७

  • 4.2K
    SHARES

  • नेपालमा यसरी बढ्दैछ कोरोना संक्रमण

    काठमाडौं – आमनागरिकको हेलचेक्र्याइँ र सरकारको पूर्व तयारी फितलो हुँदै जाँदा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको छ ।

    मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढेको हो ।

    जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टीनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।

    स्थानीय तहमार्फत् ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि बन्दाबन्दीका बेला समेत ‘कन्ट्रयाक्ट ट्रेसिङ’ प्रभावकारी बन्न सकेको थिएन ।

    अधिकांश नागरिकले मास्क समुचित प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, फिल्म हललगायत भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।

    सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

    जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मापदण्ड उल्लघंन गरेमा संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय गर्ने भनिएपनि त्यसो हुन सकेको छैन ।

    काठमाडौं विश्वविद्यालयका सामुदायिक तथा जनस्वास्थ्य कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यले नेपालमा कोरोना संक्रमण बिस्तारै बढ्न थालेको बताएका छन् ।

    ‘दोस्रो चरणको संक्रमण बढ्ने सम्भावना छ, व्यक्तिगत रुपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्छ,’ कर्माचार्यले भने, ‘कोभिड शंका लागे परीक्षण गराउनुपर्छ, सधैं मास्क प्रयोग गर्नुपर्छ ।’

    सरकारले सीमानाका क्षेत्रमा आइसोलेशन राख्ने बताएको छ । संक्रमण पुष्टि भए आइसोलेशन सेन्टरमा १० दिन राखेर मात्रै गन्तव्य पठाउने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण उत्कर्षमा पुग्दा जनस्वास्थ्यका मापदण्ड पालना गरिएपनि बिस्तारै पालना गर्न छोडिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलले भारतबाट आउनेलाई जाँच गरेर मात्रै प्रवेश दिइने बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण रोकथामका लागि स्वयं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिएका छन् । ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्छ, हातले मुख, नाक छुनु हुँदैन,’ गौतमले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । दोस्रो चरणको सम्भावित संक्रबाट रोक्न स्वास्थ्य सेवा तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ ।’

    केही दिनयता सक्रिय कोरोना भाइरस संक्रमित संख्या बढेको छ । हाल देशभर १ हजार ४९३ सक्रिय संक्रमित छन् । ३ अंकमा झरेको सक्रिय संक्रमित संख्या पछिल्लोे १ हप्तायता बढ्दै गएको छ ।

    नेपालमा चालू हप्तालाई आधार मान्दा ३८ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार देशभर थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म २ लाख ७२ हजार ७८६ जना कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

    देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend