बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भाबी प्रधानमन्त्रीमा नाम आएपछि शेरबहादुर देउवालाई भेट्न चीन र भारतको दौडधूप !

भाबी प्रधानमन्त्रीमा नाम आएपछि शेरबहादुर देउवालाई भेट्न चीन र भारतको दौडधूप !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 4.5K
    SHARES

  • भाबी प्रधानमन्त्रीमा नाम आएपछि शेरबहादुर देउवालाई भेट्न चीन र भारतको दौडधूप !

    काठमाडौं – भाबी प्रधानमन्त्रीका रूपमा नाम चर्चामा आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न छिमेकी देशका राजदूतहरूले दौडधूप गरेका छन् ।

    सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गरेपछि विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै २ छिमेकी देश चीन र भारतका राजदूतहरू काठमाडौंमा सक्रिय भएका छन् ।

    सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्रा काठमाडौंमा सक्रिय भएका छन् ।

    संसद बैठक बस्ने भएसँगै नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न राजदूतहरूले कांग्रेसका सभापति देउवासँग बूढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका छन् ।

    दुबै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा देउवासँग छलफल गरेको बूढानिलकण्ठ स्रोतले जानकारी दिएको छ ।

    यसअघि नयाँ राजनीतिक घटनाक्रमपछि सहकार्य गर्नुपर्छ भन्दै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बुधवार सभापति देउवा निवास पुगेका थिए । अब राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सभापति देउवातिर सबैको ध्यान केन्द्रित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend